सात पार्टी राष्ट्रीय दल बन्ने निश्चित
प्रतिनिधी सभा र प्रदेश सभा काे मंसीर ४गते भएकाे निर्वाचनमा १६२ निर्वाचन क्षेत्रको मत गणना सकिएको छ।दोलखा, स्याङ्जा २ र बाजुरामा भन्ने मत गणना जारी छ। आयोग का अनुसार कुल सदर मतको तीन प्रतिशत मत ल्याई थ्रेसहोल्ड कटाउन सफल भएका जम्मा सात वटा पार्टी काे दर्जा प्राप्त गरेका छन्। ए मा ले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल काे मान्यता पाउने निश्चित भएको छ। एक सय ६२ क्षेत्रबाट २लाख ९४ हजार मत मात्रै प्राप्त गरेको माधव कुमार नेपाल नेतृत्व काे एकीकृत समाजवादी पार्टी काे राष्ट्रीय दल बन्ने सम्भावना कम रहेको देखिन्छ। राष्ट्रिय दल बन्न एकीकृत समाजवादी पार्टी ले हाल गणना भइरहेका ३ क्षेत्रका एक लाख ८० हजार मत बाट २३ हजार मत पाउन सके मात्र उसले थ्रेसहोल्ड कटाउन सक्छ।निर्वाचन आयोग का अनुसार थ्रेहोल्ड कटाउन ३लाख १७ हजार मत आवश्यक पर्दछ। प्रत्यक्ष तर्फ १सय ६२ क्षेत्रको अन्तिम परिणाम मा कांग्रेसले ५५, ए मा ले ले ४४,माओवादीले १७, एकीकृत समाजवादीले१०, ज स पा ले ७, रा प्र पा ले ७, र राष्ट्रिय स्व