सात पार्टी राष्ट्रीय दल बन्ने निश्चित
प्रतिनिधी सभा र प्रदेश सभा काे मंसीर ४गते भएकाे निर्वाचनमा १६२ निर्वाचन क्षेत्रको मत गणना सकिएको छ।दोलखा, स्याङ्जा २ र बाजुरामा भन्ने मत गणना जारी छ।
आयोग का अनुसार कुल सदर मतको तीन प्रतिशत मत ल्याई थ्रेसहोल्ड कटाउन सफल भएका जम्मा सात वटा पार्टी काे दर्जा प्राप्त गरेका छन्। ए मा ले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल काे मान्यता पाउने निश्चित भएको छ।
एक सय ६२ क्षेत्रबाट २लाख ९४ हजार मत मात्रै प्राप्त गरेको माधव कुमार नेपाल नेतृत्व काे एकीकृत समाजवादी पार्टी काे राष्ट्रीय दल बन्ने सम्भावना कम रहेको देखिन्छ। राष्ट्रिय दल बन्न एकीकृत समाजवादी पार्टी ले हाल गणना भइरहेका ३ क्षेत्रका एक लाख ८० हजार मत बाट २३ हजार मत पाउन सके मात्र उसले थ्रेसहोल्ड कटाउन सक्छ।निर्वाचन आयोग का अनुसार थ्रेहोल्ड कटाउन ३लाख १७ हजार मत आवश्यक पर्दछ।
प्रत्यक्ष तर्फ १सय ६२ क्षेत्रको अन्तिम परिणाम मा कांग्रेसले ५५, ए मा ले ले ४४,माओवादीले १७, एकीकृत समाजवादीले१०, ज स पा ले ७, रा प्र पा ले ७, र राष्ट्रिय स्वतन्त्र पार्टी ले सात सिट जितेका छन्। त्यस्तै लाे स पा ले ४, नागरिक उन्मुक्ति पार्टी ले ३,जनमोर्चाले एक, जनमत पार्टी ले एक,ने म कि पा ले एक र पाँच जना स्वतन्त्र उम्मेदवार ले जितेका छन। गणना भई रहेका स्याङ्गजा २ र बाजुरामा काँग्रेस तथा दोलखा मा माओवादी केन्द्र का उम्मेदवारले अग्रता लिई रहेका छन्। यी तीन वटै क्षेत्रको परिणाम मंसीर २० सम्म आउने निर्वाचन आयोग का प्रवक्ता शालिग्राम शर्मा पौडेल ले जानकारी दिनु भयो।
१सय ६२क्षेत्र को समानुपातिक तर्फ काे मत गणना पनि सकिए को छ। समानुपातिक तर्फका प्रवक्ता गुरु प्रसाद वाग्ले का अनुसार शुक्रबार सम्म एक करोड ९२ लाख मतगणना सकिँदा ए मा ले ले २७ लाख ७९ हजार मत पाएकोछ। थ्रेसहोल्ड कटाएका सात दल मा सिट बाँडफाँड हुँदा ए मा ले ले ३३ सिट पाउने देखिन्छ।
त्यस्तै २६ लाख ४८ हजार मत पाएको काँग्रेस ले ३१ देखि ३२ सिट तथा ११ लाख ६१ हजार मत पाएको माओवादी ले १५ सिट पाउने देखिन्छ। ११लाख २१हजार मत पाएको राष्ट्रीय स्वतन्त्र पार्टी ले १३ देखि १४ सिट पाउँछ । ५ लाख ८६ हजार मत पाएको रा प्र पा ले सात देखि आठ सिट , ४ लाख २०हजारमत पाएको ज स पा ले पाँच सिट तथा ३ लाख ९४हजार मत पाएको जनमत ले कम्तीमा चार सिट पाउने वाग्लेले बताए। तीन क्षेत्रको मतगणना बाट एकिकृत समाजवादी ले थ्रेसहोल्ड कटाएमा यो अंक गणित फेरिनेछ।
एक सय ६२ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा काे सबै गणना सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया ले बताए।`तीन क्षेत्रको गणना जारी छ। बाँकी सबै सकिएको छ। आयोगको सूचना प्रणालीमा अद्यावधिक भइरहे को छ। शनिबार सम्म सबै परिणाम अपडेट हुन्छ।मत परिणाम आएपछि प्रतिवेदन लेखन कार्य जारीरहेको र २६ गते राष्ट्रपति लाई बुझाइने, आयोग ले जानकारी दिए काे छ।
थ्रेसहोल्ड कटाउन ३लाख १७ हजार मत चाहिन्छ। आयोग का अनुसार गणना भइरहेका तीन क्षेत्रमा सरदर ६० प्रतिशत मत खसेको छ। यो भनेको करीब २ लाख २५ हजार मत हो ।दोलखामा १ लाख ६१ हजार ४५० मत दाता रहेकोमा ९५ हजार मत खसेकोछ।स्याङ्जामा २ लाख १६ हजार ६७८ मत दाता रहेकोमा ६९ हजार ९२८ मत खसेको छ भने बाजुरामा ८३ हजार ५६७ मत दाता रहेकोमा ५९ हजार ७६५ खसेको छ
आयोग ले यी क्षेत्रहरू बाट कम्तिमा १ लाख ८० हजार मत सदर हुने अनुमान गरेको छ। यो सहित सदर मत १ करोड ५ लाख ६० हजार पुग्ने बताउँछन् प्रमुख आयुक्त थपलिया । यस मा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दल मात्र राष्ट्रिय दल बन्न सक्छ। थ्रेस होल्ड कटाउन सरदर ३ लाख १७ हजार मत चाहिन्छ। अहिले सम्म सात दल ले थ्रेसहोल्ड कटाएका छन्। उनले भने अहिले पाएको मत काे ट्रेन्ड हेर्दा एकिकृत समाजवादी ले थ्रेसहोल्ड कटाउन सक्ने सम्भावना क्षीण हुँदै गएको उनको विश्लेषण छ।
Comments
Post a Comment