ए मा ले सँग सहकार्य २०८० सालमा हुनसक्छ।

 २५, फागुन,काठमाण्डौं। नेपाली कांग्रेस का महामन्त्री गगन थापाले कांग्रेस र एमाले बीच सता सहकार्य काे तत्काल सम्भावना नरहेको बताएका छन्।

       ने क पा ए मा ले का अधक्ष्य के पी शर्मा ओली ले संसद भवन परिसरमा काँग्रेस एमाले मिल्न सक्ने आशय व्यक्त गरेकाे सन्दर्भमा काँग्रेस महामन्त्री थापाले २०८४ साल सम्म त्यो संभव नभएको बताए का छन्।

   राष्ट्रपति पदको निर्वाचनमा भोट हाल्न गएका ओली ले पत्रकार हरु ले काँग्रेस एमाले मिलेर सरकार बनाउने सम्भावना बारे सोधेका थिए। सो क्रमममा ओली ले काँग्रेस सँग सहकार्य नगर्ने भनेर कसम नखाएको भने बताएका थिए,' राजनीतिमा केही सम्भव छैन भन्छन् नि,त्यही हो एक ठाउँ मा नआउने भनेर कसम खाएको छैन।

     संसद भवन परिसर मै पत्रकारहरुले महामन्त्री थापा लाई पनि ओली काे अभिव्यक्ति अनुसार कांग्रेस - ए मा ले मिल्न सक्ने सम्भावना बारे जिज्ञासा राखे। जवाफमा थापाले भने,' २०८४ मा त्यो सम्भव हुनसक्छ।हामी बालकोट आउँछौ। प्रमुख प्रतिपक्षी दलका नेता लाई भेटघाट गर्छौं।

  यस पटक त्यो सम्भावना नरहेको थापाले बताए ए मा ले ले धेरै पटक धेरै लाई झुक्याएको भन्दै थापा ले भने, सवै लाई एक पटक झुक्याउन सकिन्छ तर सबैलाई पटक पटक झुक्याउन सकिँदैन।

ए मा ले बाट झुक्याईएका हरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलहरुले सारकारमा साझेदारी गरेकाे थापाको भनाई छ। फेरी झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दीक आग्रह छ,' थापाले भने।

  उनले अब काे राष्ट्रपति जति सक्यो धेरै नागरिक तिर फर्किनु पर्नेमा जोड समेत दिए।' राजसंस्था काे जुन परम्परा अभ्यास हो त्यस बात यसलाई अल्लग गर्न सक्नु पर्ने रहेछ,' थापा ले भने,' हामी कता कता राजसंस्थाको निरन्तरता छ है भने जस्तो आभाष दिन खोज्यो, भद्दा नक्कल गर्न खोज्यौ। याे क्रमलाई यस पटक हामिले भंग गर्नु पर्छ।

      स्रोत :- अनलाइन खबर पत्रिका

       २०७९/११/२५ बिहीबार 

Comments