भाषण र आसन मा न भुलाउँनु मलाई: साम्पाङ



 

गत स्थानीय निकायको निर्वाचनमा आफू एक्लै आफ्नो प्रचार प्रसार गरि स्वतन्त्र उम्मेद्वार काे रूपमा विजय हासिल गरेपछि देश तथा विदेशमा चर्चा काे शिखरमा पुगेका धरान का मेयर हर्क साम्पाङ निर्वाचीत हुनु पुर्व पनि जनताका समस्या समाधान का लागि सम्बन्धित व्यक्ति, निकाय काे ध्यानाकर्षण गराउने तथा पहल गर्ने कार्य गर्दै आइरहेका थिए।

   धरान का मेयर काे रूपमा निर्वाचीत भए पश्चात आफू कुर्सीमा बस्ने मेयर हैन, जनताको सेवक काे रूपमा प्रस्तुत गरे। उनले गर्ने सामाजिक विकास का कार्यहरूमा जनश्रमदान काे ओइरो लागेको देखियो।

  


साम्पाङ ले त्यही बेला आफूलाई जनताले काम गर्न का लागी भोट दिएर पठाइएका हुन, कृपया म लाई कुनै भोज भतेर काे निम्तो नदिनु भनी प्रष्ट पारे का थिए। पुरानै प्रतिबद्धता लाई उनले पुन: दोहर्याएको साम्पाङ काे twiter handle मा देखिन्छ।

  उनले लेखेका छन:- 

               "मलाई कार्यक्रम तिर निम्तो नगर्नु। म आउन भ्याउँदिन। ठोस काम गरेर परिणाम देखाउनुछ। जनताले महसुस गर्ने काम गर्नु छ मैले। आसन र भाषण मा न भूलाउनु मलाई।"





Comments