एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना
ने क पा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका उनलाई रुघखोकी, ज्वरो र छातीमा संक्रमण देखिए पछि उपचारका लागि मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज मा भर्ना गरिएको उनकाे सचिवालयले जनाएको छ।
उनकाे उपचारमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल का छाती रोग विशेषज्ञ डा सन्त कुमार दास नेतृत्व काे टोली संलग्न छ।
संक्रमण फैलिन सक्ने जोखिम लाई ख्याल गरेर चिकित्सक को परामर्श अनुसार भेटघाट बन्द गरिएको उनकाे निजी सचिवालयले जनाएको छ।
यस अघि उनले थापाथली स्थित नर्भिक अस्पतालमा पुगि उपचार गराएका थिए।
स्रोत:- नेपाल खबर,०५ मंगलबार २०७९
Comments
Post a Comment