ए मा ले सँग चुनावी तालमेल मात्र थियो: उपेन्द्र यादव

 

      



१८ मंसीर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ए मा ले संगको सहकार्य सकिएको  घोषणा गरेपछि मधेस प्रदेसमा सरकार गठनका सवै सम्भावना खुल्ला भएका छन्।

     आईतबार विराटनगर विमास्थलमा जसपा का अध्यक्ष उपेन्द्रयादवले ए मा ले सँग काे चुनावी तालमेल त्यो पनि केही सिट मा मात्र भएको थियो, उक्त तालमेल निर्वाचन सम्पन्न भए सँगै सकिएको वताए। उनले सरकार गठन मा कसलाई सहयोग गर्ने वा नगर्ने भन्ने कुरा काे निर्णय भई नसकेको प्रष्ट पारे।

       मधेश प्रदेश मा निर्वाचीत ज स पा नेता राम असिस यादवले प्रदेश सरकार गठन मा गठबन्धन सँग सहकार्य हुन सक्ने बताए। यद्यपि ज स पा केन्द्रिय कार्यकारिणी सामिति काे निर्णय भने अंतिम निर्णय हुनेछ। उनको भनाई छ।

 


     तर ए मा ले नेतृत्व काे सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए।' हुन त कांग्रेसको व्यवहारले बाध्य भएर ज स पा ले ए मा ले सँग चुनावी तालमेल गर्यो जुन अप्राकृतिक थियो '।त्यो भुलबस नै भएकाे हाम्रो बुझाइ छ , उनले भने। अब नयाँ शिरा बाट  संघीयता पक्षधर सँग गठबन्धन गरेर अघि बढ्नु पर्दछ।

मुख्यमन्त्री लाल बाबु राउत लेमधेस प्रदेश मा ज स पा लाई सरकारको नेतृत्व गर्ने म्यान्डेट नभएको भन्दै सरकार काे एउटा पार्ट मात्र हुन सक्ने उनले बताए।  यद्यपी प्रतिपक्ष मा बस्ने वा सारकारमा जाने बारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ। बताए।' समानुपातिक नतिजा काे अंतिम पर्खाइमा छौं।

    मधेश प्रदेश सभा प्रत्यक्ष ६४ र समानुपतिक ४३ गरी जम्मा १०७ सदस्यीय हुनेछ। मधेस प्रदेश मा गठबन्धन नेतृत्व काे सरकार बन्ने सम्भावना बढेको देखिन्छ। प्रत्यक्ष ६४ सिट मध्ये ए मा ले १५, काँग्रेस १३, ज स पा ९ सिट जितेको छ । समानुपातिक मत परिणामले पनि ए मा ले पहिलो दल र काँग्रेस दोस्रो दल बन्ने निश्चित भएको छ। 



  यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लो स पा)ले ७ , जनमत पार्टीले ६, ने क पा माओवादी केन्द्र र ने क पा एकीकृत समाजवादी ले ४-४ सिटर स्वतंत्र उम्मेदवारले ६ सिट जितेका छन्। यस मा समानुपातिक तर्फ बाट निर्वाचित हुने सांसद काे संख्या जोडन बाकी छ। तर समानुपातिक बाट निर्बाचित हुने काे संख्या जोड्दा पनि कुनै दल काे बहुमत हुने अवस्था नरहेको देखिन्छ। सत्तारुढ पाँच दलीय गठबन्धनमा र ए मा ले ज स पा काे पनि बहुमत पुग्दैन, त्यसकारण तीन ठूला दल वा स्वतंत्र सांसदहरु एकठाउँमा नउभिए सम्म सरकार बन्ने सम्भावना कम छ।

  मधेस प्रदेश मा ठूलो दल बनेको ए मा ले तथा दोस्रो दल कांग्रेस सरकार नेतृत्वको दाबी गर्दै कसरत गरी रहेका छन्।तर ज स पा ले ए मा ले सँग काे सहकार्य अन्तयकाे घोषणाले उसको नेतृत्वमा बन्ने सम्भावना कम भएको छ।

    ए मा ले नेता तथा नवनिर्वाचित प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले ए मा ले ठूलो दल काे हैसियतमा  सरकार बनाउने विषयमा पार्टीभित्र छलफल शुरू भएकाे छ। यद्यपि ठुलो दल काे हैसियतमा पार्टीभित्र मधेस प्रदेश सरकार काे नेतृत्वको विषयमा छलफल शुरु भइसकेको छ। कुन कुन दल सँग सहकार्य, समन्वय गरेर अगाडि बढ्ने आन्तरिक गृहकार्य पनि हुँदैछ।' उनले भने।

       नेपाली कांग्रेसले पनि सरकारको नेतृत्व काे लागी गृहकार्य गर्दैछ। काँग्रेस मधेश प्रदेश सरकार काे नेतृत्व गर्न आन्तरिक गृहकार्य गरिरहेको सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्ण प्रसाद यादव ले बताए ।

     २०७४ मा मधेश प्रदेश मा मधेशकेन्द्रित दल तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रीय जनता पार्टी नेपाल (रा ज पा) काे स्पष्ट बहुमत थियो।

                    स्रोत:- online Khabar Nepal पत्रिका , २०७९मंसीर १९ सोमबार

                     आभार - लेखक शैलेन्द्र महतो 


Comments