गठबन्धन कै सरकार बनाउने प्रयास: माओवादी
माओवादी ले केही कमजोरी का बावजूद मूलभूत रूपमा गठवन्धन सफल भएको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय रहेको पेरिसडाँडा मा आज बसेको पदाधिकारीहरु को बैठक ले यस्तो निष्कर्ष निकालेको हो।
' निर्वाचन बात कतिपय सन्दर्भ मा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा सफल र परिणाममुखी भएकाे छ', महासचिव देव गुरुङले भने ' निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ, यसलाई स्वीकारेर आगाडी बढ्नु पर्छ।'
माओवादीले वर्तमान गठबन्धन सँगै मिलेर नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ।
बैठक पछी सञ्चारकर्मी सँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले बैठकमा निर्वाचनको समीक्षा र सरकार बारे सामान्य छलफल भएकाे जानकारी दिए।
उनले अहिले कै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने पनि बताए।
"अहिलेको गठबन्धन लाई तोड्ने वा फोड्ने कुरा भएकाे छैन। आपसी समझदारी लाई जोड दिने हो।अहिलेकाे गठबन्धन को बिकल्प बारे सोचेका छैनौं।" गुरुङले भने 'गठबंधन काे बैठक बसेर समीक्षा गर्ने छौ।'
गुरुङका अनुसार सता गठबन्धनमा रहेका दलहरुको बैठक सोमबार बस्ने तय भएकाे छ। उक्त बैठकमा चुनावी समिक्षा र नयाँ सरकार गठन बारे छलफल हुनेछ।
स्रोत:- नयाँ पत्रिका
२०७९मंसीर १८ आईतबार
Comments
Post a Comment