नयाँ सरकार गठन मा हामी निर्णायक: डा. सि के राउत
१८मंसीर, राष्ट्रीय जनमत पार्टी का अध्यक्ष डा. सि. के. राउतले नयाँ सरकार गठनमा बहुमत हासिल गर्न का लागी हामी निर्णायक हुन्छौं, बताएका छन्। राष्ट्रिय समाचार समितिको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टी ले पाएको सिट निर्णायक हुने बताएका हुन्
जनमत पार्टी ले अहिले ल्याएको सिट संख्या निर्णायक छ । सरकार गठनका लागि संसद मा बहुमत हासिल गर्न का लागी हाम्रो६ सिट निर्णायक हुन्छ। प्रदेशमा पनि जनमत पार्टी काे समर्थन बेगर सरकार बन्ने अवस्था रहन्न, उनले भने।
जनमत पार्टी ले प्रतिनिधिसभा मा प्रत्यक्ष तर्फ १ सिट जितेको छ भने समानुपातिक तर्फ आईतबार दिउँसो सम्म १करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्ष तर्फ ६ सिट र समानुपातिकमा काँग्रेस र एमाले पछि तेस्रो स्थानमा रहेको छ।२०लाख ८६ हजार मत गणना हुँदा ३ लाख२९ हजार मत पाएको छ।आफूहरुको समर्थन बिना सरकार नबन्ने अवस्थामा 'डेडलक ' हुन नदिने राउत ले बताए।
हामी नजाँदा सरकार नै बन्दैन त्यो भने 'डेडलक ' काे अवस्था हुन्छ। हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो,हामी दिन्छौं।
जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारी का मांग र मुद्दा लाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसैलाई नै हामी पनी समर्थन गर्छौं।उनले बताए।
निर्वाचन बाट कसैकाे पनि बहुमत नआउदा पार्टीहरुमा अहँ काे स्थिति भने नदेखिने र एकअर्कामा सहकार्यको भावना बढाएको , उनले वताए। ' सबैलाई मिलाएर जानु पर्छ , साना भन्दा साना दल र आवाज का मुद्दालाई समेटेर जानु पर्छ भन्ने सन्देश दिएको छ। राउत ले बताए।
मतदाताले परिवर्तनका लागि आफूलाई मत दिएको भन्दै त्यसलाई खेर जान नदिने अध्यक्ष राउत ले बताए। नागरिकले मतदान मार्फत व्यक्त गरेको परिवर्तन कोआवाज लाई अन्य दल ले पनि सुन्नु पर्ने उनकाे भनाइ छ।
जनताले अहिले निर्वाचन मार्फत परिवर्तन गर्न दिएको सन्देश आत्मसात गर्नुस् । अन्यथा गरिए राजनैतिक दल हरु प्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ। सबैले जनमतको कदर गरौं । सेवा प्रवाह र जनताका मांग मुद्दालाई केन्द्रित भएर अघि बढौ, राउत ले भने।
उनले आफूहरुको माग र मुद्दाप्रति सकारात्मक दल सँग मिलेर सरकारमा जाने पनि बताए। हामीले पाएको जनमत एक्लै निर्णयक छैन , कसै न कसैसँग सहकार्य गरेर सरकार बनाउनु पर्ने हुन्छ। त्यस कारण सहकार्य गर्ने सम्भावना जो सँग पनि हुन्छ। मूल विषय भनेको हाम्रा माँग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो। हामी केवल मन्त्री बन्न र सरकारमा जान का लागी आएका हैनौ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउनु पर्छ, उनले भने।
स्रोत:- online khabar
२०७९मंसीर १८आईतबार
Comments
Post a Comment