देश मध्यावधि निर्वाचन मा जाने खतरा : रायमाझि



काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले जनताले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनादेश नदिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँच दल मिल्दा पनि जनताले गठबन्धनलाई सरकार बनाउन बहुमत नदिएको बताए ।

एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उनले उल्लेख गरे । सोही कारण सरकार गठनका लागि अरू दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए ।



अहिलेको सत्ता गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थीबाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार सम्भावना रहेको उनले बताए ।

सरकार गठनका विषयमा ठूला दलहरू बेलैमा गम्भीर नभए देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको उनको भनाइ छ ।

वर्तमान सरकारले मुलुकको आर्थिकलगायत क्षेत्रलाई अस्तव्यस्त पारेको भन्दै उनले नयाँ सरकारले त्यसलाई सही ठाउँमा ल्याउनुपर्ने बताए ।


प्रकाशित मिति: शनिबार, पुस २, २०७९  (बारह खरी समाचार)

Comments