लामिछाने विरूद्ध अदालत मा रिट



 २८ मंसीर, राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने काे प्रतिनिधी सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

    सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलास मा दायर गरेको रिटमा रवि लामिछाने काे सांसद पद र राष्ट्रीय स्वतन्त्र पार्टी काे सभापति काे पद खारेज गर्न माग गरिएको छ।

        रिटमा रवि लामिछाने, राष्ट्रीय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौ लाई विपक्षी बनाइएको छ।

 Www in


     चितवन- २ बाट प्रतिनिधी सभा सदस्य पद मा निर्वाचीत रवि लामिछाने आफू खुसी अमेरिकाको नागरिकता प्राप्त गरे पछि नेपाल काे नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचीत समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनकाे गम्भीर उलंघन गरेकाे दाबी गरिएको छ।

   नेपाली नागरिक ना भएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, प्रतिनिधी सभा सदस्य हुन नपाउने कानुनी व्यवस्था  विपरीत काम कार्यवाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्वजनिक सरोकारको सवाल उत्पन्न भएको  हुँदा सो विषय काे व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु, रिट मा लेखिएको छ। 

रिटमा लामिछने प्रतिनिधी सभा सदस्य हुन अयोग्य ठहर गरी सांसद पद बाट मुक्त गर्न निर्वाचन आयोग काे नाममा परमादेशको माँग गरिएको छ।

    समाचार स्रोत:- अन लाइन खवर पत्रिका नेपाल,२०७९ मंसीर २८ बुधबार 



Comments