इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट
मंसीर २७, ने क पा एकीकृत समाजबादी पार्टीका नेता झलनाथ खनालले आफू उम्मेद्वार रहेको ईलाम-१ काे निर्वाचन बदर हुने गरि सर्वोच्चमा रिट दायर गरेका छन्।
निर्वाचन अधिकृतले गरेकाे निर्वाचन परिणाम घोषणा बदर गरि फेरि मतदान गराउनु पर्ने उनको माँग छ। धाँधली गरि आफ्ना प्रतिस्पर्धी लाई निर्वाचीत गराइएको भन्दै खनालले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।
सर्वोच्च अदालतका संवैधानिक इजलाशमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम -१ काे निर्वाचन अधिकृतको कार्यालय इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद लाई समेत विपक्षी बनाएका छन।
समाचार स्रोत:- अन लाइन खवर नेपाल
Comments
Post a Comment