अफसर बिटिया निकिता
नेपाल प्रहरीकाे इन्स्पेक्टर पदमा मधेस कि छोरी निकिता मिश्रा ले आफ्नो नाम निकाल्न सफल भएकी छन्। रौतहटको बलुआ मदनपुर वडा नं ५स्थायी ठेगाना भएका र हाल वीरगन्ज महानगर पालिका वडा नं १४ मा बुवा पतिराम मिश्रा, आमा अनु मिश्रा का २ छोरी र एक छोरा मध्ये कान्छी छोरी हुन् निकिता मिश्रा।
निकिता मिश्रा ले घण्टाघर टि भी लाई दिइएको अन्तरवार्ता मा उनी आफ्नो उमेर २३ वर्ष बताएकी छिन् भने उनको पठन पाठन सिद्धार्थ मा वि वीरगंज बाट प्रवेशिका परीक्षा उतीर्ण,+२ को पढाई ओम इन्टरनेशनल वीरगन्ज, स्नातक तह र स्नातकोतर को पढाई ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्ज मा जारी राखेकी छन्।
उनी यस अघि ना. सुब्बा काे परीक्षामा पनि आफ्नो नाम निकाल्न सफल भएकी थिइन्। तर देश काे सेवा एउटा प्रहरी काे रूपमा गर्ने उनको इच्छाले सुब्बा काे जागिर लिन रूचाइनन् र प्रहरी इन्स्पेक्टर काे परीक्षाकाे तयारीको लागि काठमाडौ काे कोलम्बिया एकेडेमी पुगिन, आफ्नो दृढ ईच्छा शक्ति तथा कडा मिहिनेत काे फलस्वरूप प्रहरी इन्स्पेक्टर काे पदको लागि लिइएको परीक्षामा १४४ जना सफल उम्मेद्वार काे लाइनमा आफूलाई उभयाइन्।
लोकसेवा निष्पक्ष संस्था हो, यसमा इमान्दारी पूर्वक मिहिनेत गर्नेले आवश्य सफलता प्राप्त गर्दछ। निकिता ले प्रहरी सेवामा आउनुको उदेश्य "कोही निर्दोष नफसोस् र कोही दोषी नछुटोस्" दोषी चाहे आफ्नो परिवार कै किन न होस्, दोषीलाई कानुनको दायरा मा ल्याउनु नै मेरो प्राथमिकता रहेको बताइन्।
Comments
Post a Comment